सूर्यवंशीले दियो नेपाली निर्मातालाई आँट।

काठमाडौं:= विगत १८ महिनादेखि नेपाली चलचित्र प्रदर्शन गर्ने हलहरू ठप्प थिए । कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिएसँगै बनेर बसेका चलचित्र ‘हाडडिक्स’मै सीमित थिए । कोरोना कम हुँदै गर्दा समय–समयमा हल खोल्ने अनुमति दिए पनि दर्शन हलसम्म नआउने डरले अधिकांश नेपाली चलचित्र निर्माताले प्रदर्शनको आँट गरेको देखिएन । साना लगानीका केही चलचित्र प्रदर्शनमा आए तर दर्शकको उपस्थिति शून्य थियो ।

नेपाली दर्शकलाई हलसम्म ल्याउन विदेशी चलचित्रनै चाहिन्छ भन्नेहरू धेरै थिए । सामाजिक सञ्जालमा निकै चर्चा पनि भइरहेको थियो । आखिरमा विदेशी चलचित्रले नै नेपाली दर्शकलाई हलसम्म तान्न सफल भयो । अहिले नेपालका अधिकांश हलमा दर्शक भरिभराउ छन् । कोरोनालाई बिर्सिएर दर्शकहरूको उपस्थिति हलमा व्यापक देखिन्छ । बलिउड चलचित्र ‘सूर्यवंशी’ हेर्न दर्शकको भिड हलमा देखिन्छ । बलिउड सुपरस्टार अक्षय कुमार, अजय देवगन, रणवीर कपुर, कटरिना कैफलगायत कलाकारहरूको मुख्य अभिनय रहेको यो चलचित्रको ट्रेलर सार्वजनिक देखिनै नेपालमा पनि चर्चा थियो । प्रदर्शन सुरु भएको चार दिनसम्म पनि दर्शकको संख्या घटेको देखिँदैन ।

सीमित हलहरूमा मात्रै भए पनि महाराष्ट्रका हलहरूमा सूर्यवंशी करिब २४सै घण्टा प्रदर्शन भइरहेको भारतीय मिडियाहरूले उल्ल्ेख गरेका छन् । दर्शकको अत्यधिक मागका कारण मुम्बईको बोरिवालीमा अवस्थित म्याक्सस हलमा सूर्यवंशी रिलिजको पहिलो दिन नै नाइट शो ११ः४५ बजेसम्म पनि राखियो । रिलिजको दोस्रो दिन अर्थात् शनिबार मध्यरातको १२ः३० बजे, बिहान १ः१५ र २ बजेसम्म पनि दर्शकले चलचित्र हेरे । त्यसको साढे दुई घण्टा ब्रेकमा बसेर पुनः बिहानको ४ः३० बजेदेखि ५ः१५ र ६ बजे गरी तीन शो राखिएको थियो ।

दर्शकको चाप यति धेरै थियो कि यी सबै शोका टिकटहरू ‘शोल्ड आउट’ भएको थियो । यसका साथै भयन्दरमा रहेको म्याक्ससकै अरू हलहरूमा पनि सूर्यवंशीको नाइट शो मध्यरातको १२ः४५ बजेसम्म राखियो । रकस्टार नोभा नामक हल सञ्चालकले पनि सूर्यवंशी मध्यरातको १२ः३० र १२ः४५ सम्म प्रदर्शन गर्ने निर्णय लिएका हुन् । मुम्बईका अरू केही हलहरूले पनि मध्यरातमा शोहरू सञ्चालन गरिरहेका छन् ।

राम्रो चलचित्र भए दर्शक हलसम्म आउने रहेछन् भन्ने ‘सूर्यवंशी’ले देखाएको छ । यसले नेपाली निर्मातालाई पनि उत्साह थपेको छ । कतिपय ठूला बजेटमा बनेका नेपाली चलचित्र प्रदर्शन नभई बसेका छन्, कारण दर्शकको उपस्थिति शून्य हुनेको कि भन्ने संका । तर अहिले ‘सूर्यवंशी’मा दर्शकको उपस्थिति देख्दा नेपाली निर्माताहरू पनि प्रदर्शन मिति तोक्न अघि सरेको देखिन्छ ।

नेपाली चलचित्र निर्माण गर्ने ठूलो टिम ‘छक्का पञ्जा’को टिम पनि प्रचारप्रसारमा अघि सरिसकेको छ । कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले ‘सूर्यवंशी’ प्रदर्शन हुँदै गर्दा ‘छक्का पञ्जा ४’ को ट्रेलरसमेत हलमा देखाइसकेको छ । प्रदर्शन मिति भने तय गरिसकेका छैन । बुझिएसम्म उक्त टिमले छिट्टै प्रदर्शन मिति तोक्ने क्रममा छ । यस्तै ‘सूर्यवंशी’मा दर्शकको आक्रमण उपस्थिति देखेरै अर्को प्रतिक्षित चलचित्र ‘चपली हाइट ३’ ले पनि प्रदर्शन मिति तोकेको छ । यो चलचित्र अब आउँदो पुस २ गते प्रदर्शन गरिने जनाइएको हो ।

अहिले हलहरूमा ‘चपली हाइट ३’ को पुरानो टिजर देखाउन सुरु गरिएको छ । आउँदो हप्ता नयाँ ट्रेलर सार्वजनिक गरिने निर्माता अर्जुन कुमारले बताउनुभएको छ । यसअघि २०७७ सालको चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, कोरोनाका कारण रिलिज रोकिएको थियो ।

अर्जुन कुमार फिल्मस्को व्यानरमा निर्माण भएको यस चलचित्रमा स्वस्तिमाका अलावा अर्पण थापा, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतको अभिनय छ । आकाश बरालको पटकथा÷संवाद रहेको चलचित्रमा सुभाष भुसाल र अर्जुन कुमारको संगीत छ । चलचित्र निकेश खड्काले निर्देशन गर्नुभएको हो ।