महानायक हमालको ‘मन बुढो भएनमा देवेन्द्रको एक्सन कट।

काठमाडौं:= पछिल्लो समय निर्देशनका रूपमा आफूलाई अग्रपंक्तिमा राख्दै आउनुभएका देवेन्द्र पाण्डेले महानायक राजेश हमाललाई नचाउनुभएको छ । भिडियोमा राजेश हमालसँगै रेश्मा घिमिरेलगायतको अभिनय छ ।

राजेश हमालको आफ्नै स्वरमा रहेको गीत ‘मन बुढो भएन’को भिडियोमा पाण्डेले एक्सन कट गराउनुभएको हो । दीपक शर्माको शब्द र संगीत, नरेन्द्र वियोगीको एरञ्ज ‘मन बुढो भएन’ बोलको रोमान्टिक गीतमा स्वर भर्नु भएको छ । गीतमा हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको स्वर छ ।