काठमाडौं:= अलिबाबा समूहको दराज अनलाइन सपिङले वर्षकैै सबैभन्दा ठूलो एक दिवसीय सेल मेला आयोजना गर्ने भएको छ । मेलामा पाँच करोडसम्मको छुट, ११ जनालाई टिभिएस रेडर मोटरसाइकल जित्ने अवसर र अन्य धेरै अफर रहेको कम्पनीले जनाएको छ ।
मेला नोभेम्बर ११ को दिन सुरु भई २४ घण्टामा समापन हुने बताइएको छ । दराज प्रयोगकर्तालाई भव्य सेलमा भव्य मनोरञ्जन र धेरै उपहार जित्ने अवसर प्रदान गर्न चर्चित मिडिया व्यक्तित्व सुरज सिंह ठकुरी, माल्भिका सुब्बा र ११ चर्चित सेलिब्रेटीसाथ दराजले कात्तिक २४ अर्थात् नोभेम्बर १० मा दराज एपमा ११.११ ग्रान्ड गाला लाइभ प्रत्यक्ष प्रसारण गर्ने पनि जनाएको छ ।




















