आज मिति २०७८ साल कात्तिक १८ गते विहीबार औंशी तिथि कार्तिकृष्णपक्ष : सूर्याेदय : ६ः१७ सूर्यास्त : १७ः१६ तारिख ४ दर्शश्राद्ध । लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि हलो तथा निशि बार्ने ।
मेष : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।
वृष : लक्ष्मीका कृपाले धन लाभ हुन सक्छ ।
मिथुन : साथीभाइको सहयोगले काम सफल हुन सक्छ ।
कर्कट : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।
सिंह : नयाँ नयाँ ठाउँको यात्रा गर्ने अवसर जुट्न सक्छ ।
कन्या : अतिथिको सेवा गर्ने मौका मिल्न सक्नेछ ।
तुला : आफ्नो बल र वुद्धिको कारणले काम बन्न सक्छ ।
वृश्चिक : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग पाउन कठिन हुन सक्छ ।
धनु : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुनसक्छ ।
मकर : स्वास्थ्यमा समस्या आईपर्नसक्छ सचेत रहनुपर्ला ।
कुम्भ : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।
मीन : आमाको आशिर्वाद पाउँदा मन खुशी हुनेछ ।




















