[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= नजिकिँदै गरेको नेपाली चाडपर्वको अवसरमा मलेसिया स्थित नेपाली राजदूतावासले सम्पुर्ण नेपालीजनमा शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाली हिन्दुधर्मावलम्बीहरुको महान चाडपर्वहरु क्रमशः लक्ष्मी पुजा , म्हपुजा , भाइटिका , छठ पर्व र नेपाल सम्बत् ११४२ को प्रारम्भको अवसरमा एक सुचना सार्वजनिक गरि मलेसिया,ब्रुनाई,इन्डोनेसिया र फिलिपिन्समा रहनु भएका सम्पुर्ण नेपालीहरुमा नेपाली दूतावासको तर्फबाट शुभकामना व्यक्त गर्नुभएको हो।
साथै सोही चाडपर्वहरुको अवसरमा २०७८ कार्तिक १८ गते (नोभेम्बर ४ तारिख) बिहिवार , कार्तिक १९ गते (नोभेम्बर ५ तारिख) शुक्रवार र कार्तिक २४ गते (नोभेम्बर १० तारिख) बुधबारको दिन राजदूतावासबाट प्रदान हुने सम्पुर्ण कन्सुलर सेवा बन्द रहने दूतावासले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।
तल हेर्नुहोस दूतावासले जारी गरेको सुचना :





















