काठमाडौंं:= ओपोले महान् चाड तिहार २०७८ को शुभ अवसरमा ‘ओपो तिहार अफर २०७८’ उपहार योजनाको घोषणा गरेको छ । उपहार योजनाअन्तर्गत ओपोका स्मार्टफोनलगायत आईओटी उत्पादन खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहार जित्ने अवसर प्राप्त हुनेछ ।
ओपो नेपालका ब्रान्ड डाइरेक्टर पियरसन शेनले भन्नुभयो, ‘यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ । स्थानीय महान् चाडहरू उपभोक्तासँग खुसी साट्दै मनाउने सोचका साथ हामीले समय-समयमा विभिन्न उपहार योजना घोषणा गर्दै आएका छौं । ओपो तिहार योजना यसैको एक अभिन्न अंग हो ।’

क्याम्पेन अवधिभर कुनै पनि ओपोका उत्पादन खरिद गरी उपभोक्ताले तिहार उपहार योजनामा सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ । सहभागीमध्येबाट लक्की ड्रमार्फत् छनोटमा परेका भाग्यशाली विजेताले ओपो एन्को डब्ल्यु ५१, ओपो ब्यान्ड, ओपो डब्ल्यु ११ लगायत अन्य आकर्षक उपहारहरू जित्न सक्ने कम्पनीले जनाएको छ ।




















