काठमाडौं:= एउटै स्टेजमा ४१ घण्टा ५ मिनेट युगल नृत्य गरेर विश्व कीर्तिमानी राख्नुभएका दुई दिदीबहिनी रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘डाँडै काटौंला’ बोलको गीतमा सुनिल कटुवाल र मेलिना राईको स्वर छ । भिडियोमा रुबिसा र एलिसाको जोडीको रूपमा लोकप्रिय नायक पुष्प खड्का र पल शाहले अभिनय गर्नुभएको छ ।
भिडियोमा पुष्पको जोडीको रूपमा रुबिसालाई देख्न सकिन्छ भने एलिसाको जोडीको रूपमा पल हुनुहुन्छ । दुई जोडीको प्रेमलाई परिवारले अस्विकार गर्दाको कुराहरू गीतमा उतारिएको छ । गीतमा शब्द दिनेशराज पुरीले लेख्नुभएको हो भने गीतमा संगीत अर्जुन पोखरेलको छ । यस्तै मिक्सिङको काम साजन शाहले गर्नुभएको छ ।
गीतको भिडियोबारे नृत्यांगना रुबिसाले आफूले गरेका आधा दर्जन भिडियोमध्ये यस भिडियोमा निकै मिहिनेत गरेको बताउनुभयो । ‘मैले गरेका काममा मिहिनेत त सबैमा गरिन्छ तर यस भिडियोमा टिक ठूलो भएकाले वर्कसप पनि धेरै गरियो । त्यसैले पनि आउटपुट राम्रो आएको छ’, रुबिसाले भन्नुभयो, ‘आशा छ दर्शकलाई अवश्य मन पर्नेछ ।’ विशेषतः नायकद्वय पल शाह र पुष्प खड्कासँग अभिनय गर्न चाहने अधिकांश मोडलहरूको चाहना हुन्छ । रुबिसा र एलिसाको पनि त्यो चाहना पूरा भएको छ । रुबिसा र एलिसा दिदीबहिनी हुनुहुन्छ, दुवैजना नृत्य क्षेत्रमा उत्तिकै सक्रिए हुनुहुन्छ ।
एउटै स्टेजमा दुईजना ३८ घण्टा ३० मिनेट नाँचेर विश्व कीर्तिमानी राखेको अमेरिकाको रेकर्ड ब्रेक गर्नु भएका दुई दिदीबहिनीले उक्त कीर्तिमानी पनि थुप्रै अफर आइरहेको बताउनुहुन्छ । रुबिसा र एलिसा दुवैले ‘लंगेष्ट डान्स म्याराथन वाई पेयर’ शीर्षकमा अमेरिकाको उक्त रेकर्ड ब्रेक गर्नुभएको हो । उहाँहरूले सन् २०१९ मेको २५ र २६ तारिखमा रेकर्ड ब्रेक गर्नुभएको थियो । उक्त रेकर्डपछि गिनिज बुकले दिने प्रमाणपत्र रुबिसा र एलिसाले राष्ट्रपतिको हातबाट ग्रहण गर्नुभएको थियो।
यसगीत रुबिसा र एलिसाले गायक तथा संगीतकार टंक बुढाथोकीको सफल गीत ‘मन विनाको धन ठूलो २’ मा नृत्य गर्नुभएको थियो । यस्तै ‘दशैँ आयो, त्यस्तै त्यस्तैमा, बरिलै माइतीको आँगन, बरको छायाँले’लगायत गीतका भिडियोमा नृत्य गर्नुभएको छ ।




















