‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजितालाई।

काठमाडौं:= ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले जित्नुभएको छ । शनिबार साँझ राजधानीको होटल याक एण्ड यतिमा आयोजित ग्राण्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै ताज पहिरिन सफल हुनुभएको हो ।

दुई सवटाइटलसमेत जित्नु भएकी विजेता बस्नेतले १० लाख नगद प्राप्त गर्दै हीरा जडित ताज लगाउनुभयो । गत वर्षकी ‘मिस युनिभर्स नेपाल’ विजेता अंशिका शर्माले उहाँलाई ताज पहिर्‍याइदिनु भएको थियो ।

उत्कृष्ट १६ बाट १० र ५ हुँदै अन्तमा विजेता घोषणा गरिएको कार्यक्रम उमंग क्रियसन आयोजक र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगितामा निनाकान्ता मण्डल फण्ट रनरअप, रक्षा उप्रेती सेकेण्ड रनरअप, प्रतीक्षा महरा क्षेत्री थर्ड रनरअप, डा.केशु खड्का फोर्थ रनरअप घोषित हुनुभयो ।

विजेता बस्नेत आगामी १२ डिसेम्बरमा इजायलमा आयोजना हुने विश्व चर्चित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुहुनेछ ।

विभिन्न उपशीर्षकमा विजेतासमेत छानिएको प्रतियोगीको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञावलीलगायत रहनुभएको थियो । गतवर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’की विजेता अंशिका शर्माले गर्नुभएको थियो ।