गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ: पुर्व-सभामुख महरा।

नेपालगञ्ज:= पूर्व-सभामुख कृष्णबहादुर महराले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने दाबी गर्नुभएको छ । व्यवस्था विरोध शक्तिलाई परास्त गर्न, व्यवस्थाको रक्षा गर्न र जनविश्वासलाई मजबुत बनाउनका लागि बनेको गठबन्धन निर्वाचनसम्मै कायम रहने उहाँले बताउनुभएको हो ।

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन आम निर्वाचनसम्म कायम रहने उहाँको भनाइ थियो ।

बाँकेको कोहलपुरमा वाइसिएल बाँकेद्वारा आयोजित कार्यक्रममा माओवादी केन्द्रका प्रवक्तासमेत रहनुभएका महराले भन्नुभयो, ‘गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागेका छन् । हामी सतर्क नभए देश विदेशीको अखडा बन्ने खतरा छ । देशभित्रै प्रतिक्रियावादी तत्वलाई पराजय गराउन हाम्रो गठबन्धन आवश्यक छ ।’

पछिल्लो समय एमसिसीका सम्बन्धमा धेरै कुरा बाहिर आएको भन्दै एमसिसी आर्थिक सहयोग नभएको बताउनुभयो । अमेरिकाको सामान्य कार्यक्रमलाई लिएर विभाजित हुनुपर्ने आवश्यक नरहेको महरामा स्पष्ट पार्नुभयो । नेपाल सरकारले ५५ अर्बको अमेरिकी सहयोग स्वीकार गर्न नहुने धारणा राख्नुभयो ।