काठमाडौं:= ‘स्टार अफ द मिलिनियम २०२१’ को विजेता हेटौँडाकी एलिना पुरी बन्नुभएको छ । पुरी ‘वेष्ट ट्यालेन्ट’, भियुर च्वाइस’ उपाधिसहित शीर्ष उपाधि हात पार्न सफल हुनुभएको हो । पुरीले ताजका साथमा नगद र गिफ्ट हृयाम्पर उपहारको रूपमा प्राप्त गर्नुभयो ।
जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पारु श्रेष्ठ फष्ट रनरअफ र आरती राई सेकेण्ड रनरअप हुनुभयो । पारुले इनर्जेटिक र आरतीले वेष्टवाक उपाधिसमेत हात पारे । दुवै उपविजेताले नगद र गिफ्ट हृयाम्परसमेत हात पार्नुभयो ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रालिको आयोजना रहेको प्रतियोगितमा पंच्युयालिटी रोमी महर्जन, डिसिप्लेन र बेष्टड्रेस रमिता महर्जन, सिन्सियर जानुका कार्की, फोटोजेनिक दीपिका स्याङ्ताङ, फ्रेण्डसिप अस्मिता थापामगर, वेष्टवाक आरती राईले जित्न सफल हुनुभयो ।
गायिका सत्यकला राई, गीतकार तथा कवियत्री निलिमा मास्के श्रेष्ठ, मिडिया पर्सन कुबेर गिरी, एनआरएन युकेको उपाध्यक्ष रोजिना प्रधान राई, व्यवसायी बिनिता बस्नेत, मेकअप आर्टिस गीता शाहलगायत निर्णायक रहेको प्रतियोगितामा सहभागी विभिन्न प्रशिक्षणसहित अन्तिमस्पर्धामा उत्रिनु भएको थियो ।
राष्ट्र र समाजका लागि योगदान दिनसक्ने योग्य महिला बनाउने उद्देश्यले प्रतियोगिता गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल, कोरियोग्राफर राज फैजुले बताउनु भएको छ ।
लक्किज हेल्थ एण्ड स्क्रिन कियर सेन्टर प्रायोजक र जोजोलप्पा गाडेन रेष्टुरेन्ट सहप्रयोजक रहेको प्रतियोगीका सबै प्रतियोगी फेसन डिजाइनर श्रीषा बैदार फैजुले डिजाइन गरेको आकर्षक पहिरनमा र्याम्पमा उत्रिएका थिए ।




















