सुजताको चिनी अमिलो।

काठमाडौं:= लोकप्रिय गायिका सुजना केसीको नयाँ सांगीतिक कोसेली सार्वजनिक गरिएको छ । नेपाली सांगीतिक क्षेत्रमा विशेषगरी सबै प्रकारका गीत गाइसक्नुभएकी सुजताले यसपटक ‘चिनी अमिलो’बोलको नयाँ डान्सिङ गीत सार्वजनिक गर्नुभएको हो ।

गीतमा सुजतालाई अलिफ खानले साथ दिनुभएको छ । गीतमा लोकराज अधिकारीको शब्द छ भने राजेन्द्र बजगाईंको संगीत रहेको छ । गीत श्यामश्वेत रसाइलीले मिक्सिङ गर्नुभएको हो । गायिका सुजताले यसगीतबाट ठूलो अपेक्षा लिएको बताउनुभएको छ ।

यस गीतमा ठूलो मिहिनेत परेको र टिमवर्क राम्रो भएकाले यसअघिका गीतभन्दा बढी अपेक्षा गरिएको उहाँको धारणा छ । ‘आफ्ना गीत सबै राम्रो त लाग्छ तर यसगीतको टिम अझ राम्रो छ । सुजताले भन्नुभएको छ, ‘टिमवर्क राम्रो भएकाले गीत र भिडियो पनि राम्रो बनेको छ । आशा छ दर्शकलाई मन पर्छ ।’

गीतको भिडियोमा लोकप्रिय कलाकार सुधीर श्रेष्ठ र गीता ढुंगानाको नृत्य छ । अजय रेग्मीले खिचेको भिडियोमा प्रकाश धितालको निर्देशन छ भने भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफि छ । यस्तै भिडियो सम्पादन विकास दाहालले गर्नुभएको हो । गीतबारे गायक अलिफ खानले आफूले गाएका यस अघिका गीत जस्तै दर्शकले मन पराउनेमा विश्वास व्यक्त गर्नुभयो ।