हिमानीको ‘जेनेरेसन’

काठमाडौं:= नेपालमा कक्षा दुईको अध्ययन पूरा गरेर अष्ट्रेलिया पुग्नुभएकी नवगायिका हिमानी कान राम्रोसँग नेपाली बोल्न जान्नुहुन्न । अष्ट्रेलियामा पढाइसँगै संगीत सिकिरहनुभएकी हिमानीलाई भोइस अफ नेपालका आशिष गुभाजूले संगीतसँगै नेपाली भाषा सिकाइरहनुभएको छ ।

विदेशमा रहेको अहिलेको दोस्रो पुस्ताले नेपाली संस्कार, संस्कृति, भाषा र साहित्य खासै बुझेको छैन । नेपाली बोल्न नजाने पनि नेपाल र नेपाली संगीतलाई मन पराउने नवगायिका हिमानी कानले आफ्नो पहिलो डेब्यु म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । ‘जेनेरेसन’ बोलको उक्त गीतमा महेश ज्ञवालीको शब्द-संगीत रहेको  छ भने विशाल पौडेलको संगीत संयोजन छ । गीतमा र्‍यापर बुलेट फ्लोको र्‍यापसमेत सुन्न सकिन्छ ।

म्युजिक भिडियोमा टिकटक स्टार उषा उप्रेती, विना राउत, सृष्टि खड्का, लोशिना लामिछाने, सोनिया महत, प्रिन्सिका श्रेष्ठ र अलिशा श्रेष्ठको अभिनय छ । सन्तोष राजबाहकले कोरियोग्राफी गरेको यस भिडियोमा बुद्ध थापाको छायांकन छ । विकास दाहालको सम्पादन रहेको भिडियोमा सशान कँडेलको निर्देशन छ । आरोन कान निर्माता रहेको भिडियोलाई ब्ल्याक आई क्रियसनको अफिसियल च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।