गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी।

काठमाडौं := प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ । वर्तमान मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री नभए पनि वरीयताक्रमअनुसार देउवाले खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको हो ।

मन्त्रिपरिषद्मा प्रधानमन्त्री देउवापछि वरीयताक्रममा गृहमन्त्री खाँणलाई राखिएकोले उहाँलाई नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मा दिइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गृहमन्त्री खाँणले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री वा सिनियर मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने चलन छ ।