आज मिति २०७८ साल कात्तिक ११ गते बिहीबार सप्तमी तिथि कात्तिकृष्णपक्ष : सूर्याेदय : ६ः१२, सूर्यास्त : १७ः२१ तारिख २८ अष्टमीव्रत ।
मेष : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।
वृष : पठनपाठनका क्षेत्रमा विशेष रुचि बढ्नेछ ।
मिथुन : उदरपीडाले सताउँदा मानसिक तनाव हुनेछ ।
कर्कट : आर्थिक संकटका कारण काम अपूरो हुन सक्छ ।
सिंह : राज्य पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।
कन्या : विशिष्ट व्यक्तित्वहरूसँग भेट हुँदा मन खुसी हुनेछ ।
तुला : यात्रा गर्ने अवसर प्राप्त हुँदा सवारी सुखसमेत मिल्न सक्छ ।
वृश्चिक : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।
धनु : धार्मिक कार्यमा सक्रिय सहभागिता हुन सक्छ ।
मकर : व्यापार व्यवसायबाट राम्रै सफलता मिल्न सक्छ ।
कुम्भ : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ।
मीन ; लक्ष्मीका कृपाले धन लाभ हुन सक्नेछ ।




















