तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल असोज ९ गते मंगलबार षष्ठी  तिथि अहोरात्र  कार्तिकृष्णपक्ष : सूर्याेदय ६ः११, सूर्यास्त १७ः२३ तारिख २६ ।

मेष : मान सम्मान पाउँदा मन खुशी हुनेछ ।

वृष : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।

मिथुन : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।

कर्कट : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।

सिंह : धार्मिक कार्यमा विशेष रुचि बढ्न सक्छ ।

कन्या : पठन पाठनका क्षेत्रमा सक्रिय सहभागिता हुन सक्छ ।

तुला  :  आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ।

वृश्चिक : अतिथिको सेवा गर्ने मौका मिल्न सक्छ ।

धनु : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।

मकर :  आर्थिक संकटका कारण काम बिग्रन सक्नेछ ।

कुम्भ :  नसोचेको ठाउँमा धन खर्च हुन सक्छ ।

मीन :  उदर पिडाले सताउँदा मानसिक तनाव बढ्न सक्छ ।