तेस्रो एपिक नेपाल म्युजीक अवार्डको ३२ बिधाका उत्कृष्ट पाँच सार्वजनिक।

काठमाडौं := एपिक नेपाल म्युजीक अवार्डको तेस्रो संस्करणको उत्कृष्ट ५ मनोनयन दर्ता सार्वजनिक गरिएको छ।

एपिक नेपाली म्युजीक प्रा.ली.ले आयोजना गर्दै आएको एपिक नेपाल म्युजीक अवार्डमा यसबर्षका लागी भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकार्य गरेको छ । आउँदो मंसिर ११ गते भक्तपुरमा मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोडे स्थित कुमारी पार्कमा दिउँसो ०१:०० बजेदेखी आयोजना हुने यसबर्ष अवार्ड ३२ बिधामा प्रदान गरिदैछ।

बिशेष गरी मध्यपुर थिमि भित्रका पुरातात्विक बस्तु, संस्कृति जगेर्ना गर्ने उद्धेश्यले नगरपालिकाले सहकार्य अगाडी बढाएको यसअघि नै नगरप्रमुख मदन सुन्दर श्रेष्ठले बताउनु भएको थियो।यस अवार्डमा नेपाली लोकगीत तर्फका नयाँ तथा पुराना गायक, गायिका, मोडल देखी निर्देशकहरुलाई पनि समेटिएको छ ।

आयोजक संस्थाकी अध्यक्ष बबिता श्रेष्ठ भन्नुहुन्छ, हामीले नेपाली कला क्षेत्रमा योगदान पुर्याउनु भएका सबैलाई समेट्ने प्रयास गरेका छौं । उहाँका अनुसार काठे, नेवारी र देउडा गीत गायक, गायिका र मोडललाई पनि समेटिएको छ ।