‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’

काठमाडौं:= ग्लोबल आइएमई बैंकले ग्राहकलाई बचत खातामा उच्च व्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । हाइब्रिड बचत खातामा एक लाख रुपैयाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतीमा परिणत हुने सुविधा रहेको छ ।

बचत खाताको समयावधि ग्राहकको इच्छाअनुसार एक वर्षदेखि पाँच वर्षसम्मको रहनेछ भने मुद्दतीमा परिणत भएको रकमको बैंकले मुद्दती खातामा प्रकाशित गरेको उच्चतम व्याजदर कायम हुनेछ । साथै नयाँ हाइब्रिड बचत खातावाल ग्राहकले एक वर्षसम्म मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा तथा भिजा डेबिट कार्डको सुविधा निःशुल्क प्राप्त गर्ने बैंकले जनाएको छ ।