काठमाडौं:= स्टाइल आइकन नेपाल २०२१ को उपाधि माटुर रेहमान र रोजी लामिछानेले जित्नुभएको छ । उहाँहरूले वर्षको उत्कृष्ट स्टाइल आइकन मोडलको उपाधिसहित जनही २५ हजार रूपैयाँ र विभिन्न उपहार पनि गर्नुभएको छ । मष्ट ट्यालेन्टको उपाधि पनि रोजी लामिछानेले नै हाँसिल गर्नुभयो ।
यो प्रतियोगिताको आयोजना इभेन्ट बेटर ग्यालेक्सीले गरेको हो । फूलपातिको अघिल्लो अवेर साँझ काठमाडौंको जमलस्थित नाचघरको मेघा हलमा सम्पन्न सो प्रतियोगितामा ९ युवा मोडल र १९ जना युवती मोडलको सहभागिता थियो । सो प्रतियोगितामा फष्ट रनरअपको उपाधि युवा मोडलतर्फ सुजन थापा र युवती मोडलतर्फ सृजा खरेलले जित्नुभयो ।
सेकेण्ड रनरअपको उपाधि युवा मोडलतर्फ सन्तोष आचार्य र युवती मोडल तर्फ निर्मला धितालले हाँसिल गर्नुभयो । यस्तै यही प्रतियोगितामा थर्ड रनरअपको उपाधि युवातर्फ आदर्श मगराती र युवती मोडलतर्फ नेहा यादबले प्राप्त गर्नुभयो । मस्ट स्टाइलिसको उपाधि युवातर्फ सम्यक महर्ज र युवतीतर्फ चन्दु शाहीले प्राप्त गर्नुभयो । स्वस्तिका राजभण्डारीको कोरियोग्राफ्रीमा सम्पन्न सो प्रतियोगिताका डान्स कोरियोग्राफरमा लिजा श्रेष्ठ हुनुहुन्थ्यो । सो प्रतियोगिताको फाइनल कार्यक्रमलाई कोरियोग्राफर रोजिन शाक्य र सोफिया महर्जन कार्कीले सञ्चालन गर्नुभएको थियो ।
नेपाली मोडलिङ क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि योगदान दिँदै आएको भन्दै अभिनेता तथा अग्रज मोडल कोरियोग्राफर प्रशान्त ताम्राकारलाई इभेन्ट बेटर ग्यालेक्सीकातर्फबाट कार्यक्रममा सम्मानित गरियो ।
प्रतियोगिताको निर्णायकमा अभिनेता प्रमोद अग्रहरि, गजित विष्ट, कोरियोग्राफर जयन सुब्बा मानन्धर, ब्युटिसीयन रुस्का श्रेष्ठ, महेश केसी, विक्रम श्रेष्ठ, दीपक घिमिरे, मीरा कक्षपति र विशाल गुरुङ हुनुहुन्थ्यो । फाइनल प्रतियोगिताको मुख्य अतिथिमा रामकृष्ण चित्रकार, अतिथिहरूमा मिलन सिजापति, प्रशान्त ताम्राकार हुनु हुन्थ्यो ।




















