पोष्टरमा अक्षयको “गोर्खा” चलचित्र।

मुम्बई:= बलिउड अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहने नयाँ चलचित्र ‘गोर्खा’को पोष्टर सार्वजनिक गरिएको छ । अक्षय र निर्माता आनन्द एल रायले शुक्रबार चलचित्र गोर्खाको घोषणा गरेसँगै पोष्टर सार्वजनिक गर्नुभएको हो ।

भारतीय सेनाको पाँचौं गोर्खा राइफल्सका मेजर जनरल इयान कार्डोको जीवनीमा चलचित्र आधारित हुनेछ । सन् १९६२ र १९६५ को इण्डो-पाकिस्तान युद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कार्डेको जीवनीमाथि बन्ने चलचित्रलाई भारतको नेशनल अवार्ड विजेता निर्देशक सञ्जयसिंह चौहानले निर्देशन गर्ने बताइएको छ ।

चलचित्रलाई लिएर अक्षय कुमार निक्कै उत्साहित देखिनुभएको छ । पोष्टर रिलिज गर्दै अक्षयले चलचित्रमा युद्ध नायकको भूमिका निर्वाह गर्न पाएकोमा गौरवान्वित भएको उल्लेख गर्नुभएको छ । नेपालमा भने, गोर्खा रेजिमेन्टमा नेपालीहरू पनि हुने भएकाले त्यसको सन्दर्भ जोडिनसक्ने प्रतीक्षामा छन् ।