समाचार प्रभाव: मलेसियामा बेपत्ता भएका पासाङ तामाङ अन्ततः परिवारको सम्पर्कमा आए।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीका लागि मलेशिया आई आफ्नो घर परिवारबाट सम्पर्क बिहिन भएका चुलाचुली-५ इलामका पासाङ तामाङ अन्ततः सम्पर्कमा आएका छन।

बिगत ८ बर्ष अघि मलेशियाको सेलाङर राज्यको काजाङ क्षेत्रमा आईपुगेका तामाङ एका-एक सम्पर्क बिहिन बन्न पुगेपछि परिवारकै आग्रहमा मलाया खबर ड्टकममा नेपाली श्रमिक पासाङ तामाङ मलेसियामै बेपत्ता । भन्ने शीर्षकमा समाचार प्रकाशित गरेका थियौं । चुलाचुली-५ इलामका तामाङ बैधानिक रुपमै मलेशियाको एक प्रतिष्ठित पेपर कम्पनी मुडामा कार्यरत छन।

हाम्रो सम्पर्कमा आईसकेपछी बेपत्ता भएका तामाङसंग हामिले फोन मार्फत कुरा गर्यौ, ४ बर्ष सम्म मलेशियामा बेपता भएर बस्नुको मुख्य कारण बारे हामिले जिज्ञासा राख्दा उनले भने “सम्पर्क बिहिन भएर बस्नुको खासै कारण त छैन आफ्नै ब्यक्तिगत समस्याले गर्दा घर परिवारमा सम्पर्क नगरेको हो”।

घर खर्च कमाउन मलेशिया आईसकेपछी परिवारनै त्यागेर फोन सम्पर्क सम्म नगरी बस्नुको कारण केही त हुनुपर्छ भनेर भनिसके पछी भने केही भित्री रहस्यहरु खुलाएका छन। राम्रो मान्छेको संगत गरे राम्रै भइने रहेछ। नराम्रो साथिहरुको संगत गरे परिणाम पनि त्यस्तै आउने रहेछ। घुमाउरो पारामा आफ्नो दुख पोखे, कम्पनीमा काम गर्न सके कमाई पनि राम्रै हुने तामाङले जिकिर गरे।

महिना भरी काम गरेर आएको तलब क्यासिनोमै सक्ने बताए। यसरी क्यासिनो खेल्नमा लत लागेका पासाङले कमाई जोगाउनै सकेनन। यता हातमा तलब नहुनु उता नेपाल बाट घर परिवारले खर्च पठाई माग्दा खर्च पठाउन नसकेकै कारण आफू परिवार बाट गुमनाम भएर बस्नुपरेको बताए ।

तलबले मात्र भएन साथी भाइ सङ लिएको ऋण पनि दिनप्रतिदिन बढ्दै गयो, त्यसपछि आफुलाई झन कन्ट्रोल गर्नै सकिन। घरमा खर्च पठाउन पैसा भएन। त्यसैकारण मलाई घरमा फोन गर्न अप्ठ्यारो भएको थियो।”उनले थपे।”

घरमा के भनेर सम्पर्क गर्ने भनेर मनमा दुबिधामा थिए। मिडियामा मेरो बारे समाचार आईसकेपछी अलि सजिलो भयो र मैले घरमा फोन पनि गरे परिवारका सबैसंग कुराकानी  गरिसकेको छु। अब चाडै नेपाल फर्किने योजनामा छु। पासाङले भने।

उता नेपाल र ईन्डियाबाट पासाङको पारिवारिक आफन्तहरुले मलाया खबरलाई ह्वाट्स र फोन मार्फत सम्पर्क गरि मलेसियामै हराएका पासाङको खोजी गरिदिएर सम्पर्कमा ल्याईदिनुभएकोमा सहयोग गर्नुहुने मलाया खबर लगायतको मिडिया त्यस्तै मलेसिया स्थित नेपाली राजदूतावास लगायत सम्पुर्ण सहयोगीहरुमा धन्यवाद ज्ञापण गर्नुभएको छ।