उत्तर कोरियाद्वारा जापानको समुद्री क्षेत्रमा अर्को क्षेप्यास्त्र।

एजेन्सी := पछिल्लो समयमा उत्तर कोरियाले निरन्तर रूपमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ । यसैक्रममा उत्तर कोरियाले मंगलबार बिहानै अर्को क्षेप्यास्त्र प्रहार गरेको छ। उक्त क्षेप्यास्त्र जापानको समुद्री क्षेत्रमा खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पछिल्लो समयमा उत्तर कोरियाले निरन्तर रूपमा क्षेप्यास्त्र प्रहार गरेको विषयमा छलफल गर्न जापान, अमेरिका र दक्षिण कोरियाका गुप्तचर प्रमुखहरूको बैठक भइरहेका बेला सो क्षेप्यास्त्र प्रहार गरेको हो।

संयुक्त राष्ट्रसंघले लगाएको कडा नाकाबन्दीका बाबजुद उत्तर कोरियाले पछिल्लो समयमा क्षेप्यास्त्र तीव्र रूपमा प्रहार गरिरहेको छ। जसको अन्तर्राष्ट्रिय समुदायले कडा निन्दा गर्दै आइरहेको छ। यसअघि उत्तर कोरियाले अत्याधुनिक हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो।