नेपाली श्रमिक पासाङ तामाङ मलेसियामै बेपत्ता,सम्पर्क बिहिन, खोजी गरिदिनुहुन अपिल।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत नेपाली श्रमिक ईलाम जिल्ला चुलाचुली- ५ निवासी पासाङ तामाङ मलेसियामै बेपत्ता भएका , हराएका छ्न।

लाल धनुष ओभरसिसबाट आजभन्दा बिगत ८ बर्ष पहिले नेपाली मिति २०७१ सालतिरै मङ्सिर महिनामा काम गर्नको लागी मलेसिया आईपुगेका पासपोर्ट नम्बर ०७६३७३४४ नम्बर रहेका २६ बर्षिय युवा पासाङ तामाङ बिगत ४ बर्षदेखि आफ्नो परिवारसंग सम्पर्क बिहिन , बेपत्ता भएका हुन।

चार बर्षदेखि अहिलेसम्म पनि पासाङ सम्पर्कमा नआएपछि पासाङको खोजी गरिदिनुहुनको लागी  मलेसियामा बस्नुहुने सम्पुर्ण नेपालीजनमा उनको परिवार,आफन्तले हार्दिक अनुरोध गर्नुभएको छ।

पासाङलाई मलेसियामा कोहि कसैले देख्नु भयो ? अथवा कहिँकतै भेटाउनुभयो भने उहाँको आफन्तको सम्पर्क नम्बर ९८१५०७१३०३ अथवा मलाया खबरको सम्पर्क नम्बर +६०११७२३२८१५० मा फोन अथवा ह्वाट्सएप मार्फत सम्पर्क गरेर जानकारी दिनुहुन अनुरोध गर्दछौं ।