बैतडी:= बैतडीमा दुई हजार भन्दा बढी पशुको बली दिइएको छ। फुलपातीकमा दिन देखि बली दिन सुरु गरिएकोमा नवमी सम्म २२ सय बढी पशुहरुको बली दिइएको छ ।
सबै भन्दा बढी निङ्लाशैनी भगवती मन्दिरमा पशुबली दिइएको छ । निङ्गलाशैनी मन्दिरमा तीन सय २९ रांगाको र घटस्थापनादेखि महाअष्टमीका दिनसम्म १ हजार ५ सय बोकागरी १८ सय २९ पशुको बली दिइएको छ ।
मेलौली भगवती मन्दिरमा पनि ९५ राँगा र एक सय ४४ बोका गरी २ सय ३९ पशुको बली दिइएको छ। त्यहा फूलपातीका दिनदेखि नै पशुबली दिन सुरु गरिएको थियो ।
जिल्लाको पाटन ६ स्थित उदयदेव मन्दिरमा पनि ३५ राङ्गा र ५ वटा बोकागरी ४० पशुको बली दिइएको मेला ब्यवस्थापन समितिका संयोजक करन कठायतले जानकारी दिनुभयो । उदयदेव मन्दिरमा अस्टमी र नवमीका दिन मेला लाग्ने गर्दछ ।
त्यसैगरी शिवनाथ गाउपालिका ५ मा रहेको उदयदेव मन्दिरमा पनि ५१ राङ्गा र ५१ बोका गरी १ सय २ राङ्गाको बली दिइएको शिवनाथ गाउँपालिकाका अधयक्ष कर्ण सावँदले जानकारी दिनुभयो । उक्त मन्दिरमा पनि अस्टमी र नवमीमा मेला लाग्ने गर्दछ ।
सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढी पशुबली बैतडीमा दिइने गर्दछ । मेला लाग्ने मन्दिर परिसर र बजार क्षेत्रहरुमा मदिरा बिक्रिबितरण र सेवनमा पुर्णरुपमा रोकब लगाइएको थियो । सोहि अनुरुपमा मेला सब्य र भब्य तरिकाले सम्पन्न भएको सम्बन्धित मेला ब्यवस्थापन समितिले जनाएको छ ।




















