हाँस्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले गरे अन्तरदेशीय अन्तर जातीय बिवाह।

काठमाडौं:= नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिफिल्म ‘गोलमाल’का कलाकार पवन खतिवडा ‘म्याकुरी’ले लगनगाँठो कसेका छन् ।उनले भारतस्थित सिक्किमकी सुम्निमा खालिङ राईसँग अन्तरजातीय विवाह गरेका हुन्।

पवन पछिल्लो समयमा नेपाली कमेडीमा रुचाइएका कलाकारमा पर्दछन् । बिवाह पछी उनले ‘जिवनको नया अध्याय सुरु😘😘उनि सिक्किमकि छोरी म नेपालको,म बाहुन को छोरो उनि राइको(intercast- intercountry)हाम्रो लागि माया प्रेम नै सर्बैसर्व भयो।

यो समाजले के भन्ला भन्दा पनि हामिले समाजलाइ के दिने भन्ने लाग्यो।। केही बर्ष अघिको चिनजान प्रेम मा परिणत भइ बिहेमा परिणत गर्ने निर्णय गरेको छौ आशा छ सदा हजुरहरुको आशीर्वाद को अपेक्षा राखेका छौ । सदैब तिमी सङ्ग खुशी भै जीवन काट्न पाइओस Happy married life to us😘😘 भन्दै पोस्ट गरेका छन ।