साफ च्याम्पियनसिप सकिएपछि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने।

एजेन्सी := साफ च्याम्पियनसिपपछि नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । बुधबार बंगलादेशविरुद्धको खेलपछिको माल्दिभ्सको राजधानी मालेमा भएको पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिपपछि राजीनामा दिने बताएका हुन्।

हिजो नेपाल र बङ्लादेश बिच सम्पन्न भएको खेलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेर फाइनल प्रवेश गरेयता आयोजित प्रेस मिटमा उनी आक्रामक भएर प्रस्तुत भए र आफ्नो धेरै आलोचना भएकोमा नेपाली मिडियाको आलोचना पनि गरे।

पत्रकार सम्मेलनमा बोल्दै अब्दुल्लाले आफू नेपालमा थप नबस्ने बताएका हुन् । ‘म नोकर होइन, प्रशिक्षक हुँ,’ अब्दुल्लाहले भने, ‘फाइनल नेपालबाट मेरा लागि अन्तिम खेल हुनेछ । र नेपाल कहिल्यै फर्किने छैन।’

उनले थप बोल्दै भने ‘मैले यसअघि नै राजीनामा दिइसकेको छु। पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए र भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे ।’ तर उनले जितमा आफू खुसी रहेको पनि बताए।