गठबन्धनमा अदालतसहित ६ दल रहेकोे पुष्टि भयो: सुबासचन्द्र नेम्वाङ।

काठमाडौं:= नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाँच दलको गठबन्धनमा छैटौं थपिएको प्रमाणित भएको बताउनुभएको छ । राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसमा बोल्दै नेम्वाङले पाँच दलको गठबन्धन भन्ने गरिए पनि छैटौं थपिएको प्रमाणित भएको बताउनुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरातर्फ व्यंग्य गर्दै तीन दिन मन्त्री भएको र राजीनामा दिएकाले गठबन्धन सरकारमा छैटौं दल समावेश भएको पुष्टि हुने तर्क गर्नुभयो । उहाँले विषय जटिल भएकाले नागरिक समाज र राजनीतिक दलहरूले छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष प्रकाशचन्द्र लोहनीले पार्टीका तत्कालीन महामन्त्री स्वर्गीय चन्द्रबहादुर गुरुङ मिलनसार र राजनीतिक व्यक्तित्व भएको बताउनुभयो । उहाँले स्व. गुरुङले जीवित रहँदा व्यक्तिगत स्वार्थका लागि भन्दा देश जनताका लागि काम गरेको बताउनुभयो ।