चर्चित भारतीय गायक मिका सिंहको स्वर रहेको नेपाली गीतमा आर्यन,पल,दुर्गेश।

काठमाडौं:= भारतका प्रख्यात गायक मिका सिंहले पहिलो पटक नेपाली गीतमा आवाज भर्नुभएको छ । उहाँको स्वरमा रहेको ‘बोतलको बिर्को’ बोलको गीत सोमबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । मुम्बईको स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा सिम्रन दुग्गल र रिया दुग्गलको सिमेट्री रहेको छ । युग भुसालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द रचना छ ।

विभोर पोखरेल र दीलिप समनको संयुक्त निर्देशन रहेको गीतको भिडियोमा नेपाली चलचित्रका दुई चर्चित नायक आर्यन सिग्देल र पल शाहसँगै मोडल दुर्गेश थापाको अभिनय छ । भिडियोमा आर्यनको जोडी एलिसा शर्मा, पलको जोडी श्रेया संग्रौला र दुर्गेशको जोडी कविता नेपालीसँग बाँधिएको छ ।

दीलिप न्यौपाने कार्यकारी निर्माता र रोशन पराजुली निर्माता रहेको गीतको भिडियोमा अस्मिता लामिछाने सहनिर्माताको रूपमा हुनुहुन्छ । सुप्रिम पराजुलीकोे सम्पादन र कलर ग्रेडिङ, राविज समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, विजय बस्यालको पब्लिसिटी डिजाइन, सुमन अधिकारीको फोटोग्राफी रहेको छ।

गीतको भिडियोको हेड अफ प्रोडक्सन मनोज जोशी, प्रोडक्सन म्यानेजर विशाल कार्की, विक्रम तामाङ र अमृतकुमार चन्द हुनुहुन्छ । भिडियोका निर्माता रोशन पराजुलीले यो गीतको हिन्दी भर्सन पनि तयार भइसकेको बताउनुभएको छ ।