अष्ट्रेलियामा चार महिनापछि हट्यो लकडाउन।

सिड्नी:= अष्ट्रेलियाको सिड्नीलगायतका शहरमा लगाइएको लकडाउन चार महिनापछि हटेको छ । डेल्टा भेरियन्ट फैलिएपछि गत जुनबाट सिड्नीमा लागू गरिएको लकडाउन कोराना संक्रमणमा कमी आएपछि फुकुवा गरिएको हो । लकडाउन हटेसँगै बजारमा सामान किन्नेको घुँइचो लाग्नुका साथै बिहानैदेखि रेष्टुराँहरू भरिभराउ भएका छन् ।

नागकिरहरूले आफूहरू स्वतन्त्र भएको भन्दै साथीभाइ आफन्तसँगको पुनर्मिलनको रूपमा व्याख्या गरेका छन् । अष्ट्रेलियामा खोपको पूर्णमात्रा लगाएकालाई विदेश भ्रमणको अनुमतिसमेत दिइएको छ । अष्ट्रेलियामा डेल्टा भेरिएन्टको प्रकोप फैलिपछि सिड्नी शहर बढी प्रभावित भएको थियो ।