अष्ट्रियाका चान्सलर सेबस्टियनद्वारा राजीनामा।

भियाना:= अष्ट्रियाका चान्सलर सेबस्टियन कुर्जले राजीनामा दिनुभएको छ । भ्रष्टाचारमा मुछिएका सेबस्टियनले राजीनामा दिनुभएको हो । भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको कुर्जले बताउनुभएको छ ।

उहाँले आफ्नो स्थानमा विदेशमन्त्री एलेक्जेन्डर स्कालेन्वर्गलाई कार्यभार सुम्पिन प्रस्ताव गर्नुभएको छ । कुर्जले आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै आउनुभएको छ । कुर्जले सरकारको राम्रो समाचारमात्र बनाउन एक ट्याबलेट पत्रिकालाई प्रयोग गरेको आरोप पनि छ । एजेन्सी