प्रेमको हल्लाले पूजा-आकाशलाई फाइदा।

काठमाडौं:= नेपाली चलचित्र क्षेत्रमा पर्दामा जोडीको रूपमा मन पराइएको नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडी पर्दा बाहिर हिट छ । यो जोडीको पर्दा प्रेमसँगै बाहिर पनि प्रेम छ भन्ने हल्ला बढी चलेको पाइन्छ । तर दुवैजनाले प्रेम रहेको भने स्वीकार गरेको पाइँदैन । गसिपका कुरा गर्नेहो भने ब्रेकअप भएको सुन्न सकिन्छ ।

यसैबीच बाहिरको प्रेमको हल्ला र गसिपका कारण यो जोडीलाई फाइद भने पुगेको छ । म्युजिक भिडियोमा एकपछि अर्को काम पाइरहेको यो जोडीलाई चलचित्रका लागि उत्तिकै अफर आइरहेका छन् । यसैबीच दुई दिनअघिमात्रै यो जोडीलाई लिएर निर्माण गरिएको नयाँ डान्सिङ गीत सार्वजनिक गरिएको छ । विजयादशमीको अवसर पारेर आकाश र पूजाले जोशका साथक्लबमा नृत्य गरेको ‘बिहे भाछैन’ बोलको गीत एक कार्यक्रमबीच सार्वजनिक गरिएको थियो ।

गीतको म्युजिक भिडियोसँग मसिने आर्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यसका निर्देशक तथा लोकप्रिय कोरियोग्राफर कविराज गहतराजले फिल्मीगीत शैलीको रूप दिनुभएको छ । उहाँले आकाश र पूजालाई भरपुर मनोरञ्जक शैलीले प्रस्तुत गर्नुभएको छ । यस्तै दीपकराज सुनारले त्यस्तै ढंगले नचाउनुभएको छ । पारस कायस्थको कन्सेप्टमा तयार भएको म्युजिक भिडियोमा छायांकन सुदीप बराल, सम्पादनअर्जुन बिसी र भिएफएक्स सत्यम राणाको छ ।

गीतमा शब्द रचना एसपी सापकोटाको छ । कर्म नामक एल्बममा संगृहित यो गीत अर्जुन सुनाम र सिर्जु अधिकारीले गाउनुभएको छ । संगीत हरि लम्साल र संगीत संयोजन सरोज श्रेष्ठको छ । गीतकार सापकोटाले चाडबाडमा नाचगान गरेर रमाउन चाहनेहरूका लागि यो गीत राम्रो कोसेली हुने बताउनुभयो ।