पोर्चुगल:= अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले विश्वकप आयोजक कतारमाथि सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा पोर्चुगलले कतारलाई ३ – ० गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, जोस फोन्टे र आन्द्रे सिल्भाले १/१ गोल गरे । खेलको पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल भएको थियो ।




















