बलिउड अभिनेत्री काजोलले नयाँ चलचित्र ‘द लास्ट हुर्रा’ मा अभिनय गर्ने।

मुम्बई:= बलिउड अभिनेत्री काजोल देवगनले नयाँ चलचित्रमा काम गर्ने घोषणा गर्नुभएको छ । नवरात्रीको अवसरमा उहाँले चलचित्र ‘द लास्ट हुर्रा’ को घोषणा गर्नुभएको हो ।

काजोलले चलचित्रबारे इन्स्टाग्राममार्फत् जानकारी दिँदै नयाँ चलचित्र घोषणा गर्न पाउँदा निकै खुशी लागेको र चलचित्रको कथा निकै मन छुने भएर एकैछिनमा चलचित्रमा काम गर्न तयार भएको उल्लेख गर्नुभएको छ ।

काजोलले काम गर्ने यस चलचित्र ‘द लास्ट हुर्रा’ लाई रेवतीले निर्देशन गर्नुहुनेछ । काजोल पहिलोपटक निर्देशक रेवतीसँग काम गरिरहनुभएको छ ।

निर्देशक रेवतीले पनि पनि इन्स्टाग्राममा आफ्नो निर्देशनमा चलचित्र बनाउने घोषणा गर्नुभएको हो । साथै काजोलसँग काम गर्न पाउँदा निकै खुशी लागेको समेत उहाँले लेख्नुभएको छ ।