कतार : वैदेशिक रोजगारीको क्रममा अवैधानिक हैसियतमा कतारमा कार्यरत रहेका नेपाली संगै विदेशी श्रमिक, आमनागरिकहरुलाई आममाफी दिइने भएको छ।
कतार सरकारले समयसिमा तोक्दै अक्टोबर १० तारिखदेखि डिसेम्बर ३१ तारिखसम्म कतारमा अवैधानिक रहेका विदेशी नागरिकहरुलाई फर्किने समय अवधी तोकेको छ , सो समयावधि भित्र अवैधानिकहरु फर्किनुपर्ने कतारको आन्तरिक गृह मन्त्रालयले जनाएको छ।
यस् कार्यक्रम मार्फत कतारमा कार्यरत थुप्रै अवैधानिक नेपाली श्रमिकहरुले समेत लाभ उठाउन सक्नेछ्न्।
सो समयावधि भित्रमा अवैधानिकहरु बिना कुनै जेल कैद र बिना जरिवाना सहित आफ्नो देश फर्किन मिल्ने अवसर २०१५ को कानुन नम्बर २१ को “मेलमिलाप” प्रावधान अनुसार यस्तो ब्यवस्था गर्न लागिएको र सुनौलो अवसर दिन लागिएको मन्त्रालयको भनाईरहेको छ।
The Ministry of Interior announces a time limit to correct the legal status of expatriates who violate the provisions of Law No 21 of 2015 Regulating the Entry and Exit of Expatriates and their Residence, from October 10, 2021 to December 31, 2021. #MoIQatar #Qatar pic.twitter.com/wH8mZzmXbR
— Ministry of Interior (@MOI_QatarEn) October 7, 2021
Source: MOI
आममाफी प्रक्रियामा सहभागी हुनको लागी त्यस्ता विदेशी कामदार , नागरिकहरुले सर्च एन्ड फ्लोअप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल , उम सुनैम , मेसाईमिर , अल रक्रा र अलरयान सर्भिस सेन्टरमा गैइ दिउँसो ०१:०० बजेदेखि साझको ०६:०० बजेसम्म आफ्नो नाम दर्ता गराउनुपर्ने हुन्छ।
सो अवसर कतारमा अवैधानिक हैसियतमा कार्यरत रहेका विदेशी कामदारहरु , भिजिट भिसामा आएर भिसा सकिएर अलपत्र परेका , बसिरहेका विदेशी नागरिकहरु , कतारको आवासीय अवधी आईडी कार्ड प्राप्त तर म्याद सकिएकाहरु , पारिवारिक भिसा उलंघन गरेकाहरुको लागी ल्याइएको जनाएको छ।- एजेन्सीको सहयोगमा




















