दक्षिण कोरिया := दक्षिण कोरियाको वायुसेनाकी एक अधिकृतलाई आत्महत्या गर्न उनकै सहकर्मीले दुरत्साहन गरेको खुलासा भएको छ । सहकर्मीले बलात्कार गरेपछि उनले आत्महत्या गरेको खुलासा भएको हो । आत्महत्या दुरुत्साहनको अभियोगमा वायु सेनाका १५ जनाबिरुद्ध मुद्दा चलाइएको छ।
त्यस्तै सो घटना ढाकछोप गर्न खोज्ने अरू दर्जनौं अधिकारीहरुलाई अनुशासनको कारबाही हुने भएको छ। उनको आत्महत्यालाई लिएर दक्षिण कोरियाली वायुसेनाको चर्को आलोचना भएको थियो । आलोचनापछि वायु सेनाका प्रमुखले राजीनामा दिएका थिए।
दक्षिण कोरियाको सेनामा सहकर्मीमाथिको यौन दुव्र्यवहार बढ्दो छ । अर्को एक छुट्टै घटनामा दक्षिण कोरियाको स्थल सेनाका एक अधिकारीले समलिंगी महिला सिपाहीलाई जागिर छोड्न बाध्य पारेको एउटा अदालतले फैसला गरेको छ । जागिर छोडेको केही दिनपछि उनी आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन्।
दक्षिण कोरियाका पहिलो समलिंगी सिपाही बायन ही सोको मृत्युको आधिकारिक कारण भने सार्वज्निक हुँन बाँकी नै छ । महिला सुरक्षाकर्मीमाथि हुने गरेका दुव्र्यबहारका घटनामा दक्षिण कोरियाको सेनाका उच्च अधिकारीहरू बारम्बार तानिने गरेका छन्।




















