काठमाडौं := राष्ट्रपति विद्यादेवी भण्डारीले १९ जना मन्त्री नियुक्ति गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले १९ मन्त्री नियुक्ति गर्नुभएको हो ।
भण्डारीले संविधानको धारा ७६ को उपधारा ९९० तथा धारा ७८ को उपधारा (१) बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी हुन् ।
सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । २५ सदस्यीय मन्त्रिपरिषद्मा ३ जना राज्यमन्त्री रहेका छन् । मन्त्री नियुक्तिसँगै मौजुदा मन्त्रिपरिषद्मा भएका केही मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको छ।
तल हेर्नुहोस देउवाको गठबन्धन सरकारमा सामेल मन्त्रीहरुको नमावली :
कांग्रेस:-
गृह मन्त्रालय– बालकृष्ण खाँण
परराष्ट्र मन्त्रालय –नारायण खड्का
सञ्चार, सूचना तथा प्रविधि– ज्ञानेन्द्रबहादुर कार्की
कानुन न्याय तथा संसदीय मामिला– दिलेन्द्र बडु
महिला बालबालिका तथा ज्येष्ठ नागरिक– उमा रेग्मी
रक्षा मन्त्रालय – मिनेन्द्र रिजाल
खानेपानी मन्त्रालय – उमाकान्त चौधरी
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – गजेन्द्र हमाल
माओवादी केन्द्र:-
अर्थ मन्त्रालय – जनार्दन शर्मा
शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल
ऊर्जा मन्त्रालय – पम्फा भुसाल
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ
युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज
एकिकृत समाजवादी:-
संस्कृति पर्यटन तथा नागरिक उड्डयन–प्रेम आले
श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान)
सहरी विकास मन्त्रालय– रामकुमारी झाँक्री
स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा
स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ
जसपा:-
भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव
संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ
वन तथा वातावरण– रामसहाय यादव
कृषि तथा पशुपन्छी विकास– प्रमोद साह
३ जना राज्य मन्त्रीहरुमा क्रमशः
उमेश क्ष्रेष्ठ – राज्यमन्त्री , प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
भवानीप्रसाद खापुङ – राज्यमन्त्री , स्वास्थ्य तथा जनसंख्या
बोधमाया कुमारी यादव – राज्यमन्त्री , शिक्षा , बिज्ञान तथा प्रविधि






















