अफ्रिकी बालबालिकालाई मलेरिया विरुद्धको खोप।

अफ़्रिका := अफ्रिकी बालबालिकालाई मलेरिया रोगविरुद्धको खोप दिन लागिएको छ । आरटीएस, एस नाम दिइएको खोप ६ वर्षअघि प्रभावकारी प्रमाणित भए पनि परीक्षणकै क्रममा थियो।

विकसित गरिएको खोप प्रभावकारी सावित भएको र अफ्रिकाका अन्य देशमा खोप लगाउन अनुमति दिइएको डब्ल्युएचओका महानिर्देशक डा.टेड्रोस ए गेब्रेयसले बताउनुभएको छ ।

घाना, केन्या र मलावीमा सफल परीक्षणपछि सहारा अफ्रिका र अन्य क्षेत्रमा खोप वितरण गरिने विश्व स्वास्थ्य संगठनले जनाएको छ । चिकित्सा क्षेत्रकै महत्वपूर्ण उपलब्धि मानिएको यो खोपको विकासलाई मलेरियाविरुद्ध लड्ने विश्व अभियानमा महत्वपूर्ण खुड्किलो मानिएको छ ।