काठमाडौं:= नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नु भएको छ। पार्टीको स्थायी कमिटीको सातौं बैठकमा जोशी नेकपा एसमा प्रवेश गर्नु भएको हो ।
नेकपा एमाले सुदूरपश्चिमका प्रभावशाली नेता जोशी २०५१ सालको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा तथा सोही क्षेत्रबाट २०६४ सालमा उनी संविधानसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।




















