[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसिया क्वालालम्पुर स्थित नेपाली राजदूतावासको कार्यालय एक दिन बन्द रहने भएको छ।
यहीँ मिति सन् २०२१/१०/०७ तारिख र नेपाली मिति २०७८ साल असोज महिना २१ गते बिहिवारको दिन नजिकिँदै गरेको दशैँ पर्वको “घटस्थापना” नवरात्र आरम्भको अवसरमा क्वालालम्पुर स्थित नेपाली दूतावासको कार्यालय बन्द रहने व्यहोरा दूतावासले एक सुचना जारी गरि जानकारी दिइएको हो।
तर आकस्मिक सेवा लिनको लागी कार्यालय बन्द रहने दिनमा दूतावासको हटलाईन नम्बर +६०१६२४७२७७७ मा सम्पर्क गर्न सकिने जारी गरिएको सुचनामा लेखिएको छ।
साथै यस् दूतावासका २०७८ सालका बिदा सम्बन्धि सम्पुर्ण जानकारी दूतावासको वेबसाईट https://my.nepalembassy.gov.np/public-holoday/ वाट लिन सकिने जनाएको छ।





















