नेपालीहरुले कतार प्रवेश गर्न के-के प्रावधान पूरा गर्नुपर्छ? कतिदिन क्वारेन्टाइन?

कतार := कतार सरकारले दक्षिण एसियाका नेपाल, बंगलादेश, भारत, पाकिस्तान, श्रीलङ्का लगायत अन्य केही देशको नागरिकहरुले कतार प्रवेश गर्नुभन्दा पहिले पालना गर्नुपर्ने नियम,कानुनमा परिमार्जन गरेको छ।

कतार जानको लागि मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट पीसीआर परीक्षण गरेको ७२ घण्टाभित्रको नेगेटिभ प्रमाणपत्र साथमा हुनुपर्ने कतार स्थित नेपाली राजदूतावासले सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको छ।

नयाँ मापदण्डअनुसार कतारमा पहिलोपटक प्रवेश गर्ने यात्रुहरुले https://www.ehteraz.gov.qa वेबसाइटमा गइ पीसीआर परीक्षणको प्रमाणपत्र, खोप लगाएको प्रमाणपत्र र अन्य सान्दर्भिक कागजातहरु अपलोड गरि प्रि-रजिष्ट्रेशन गर्नुपर्ने हुन्छ । यस्तै सबै यात्रुहरुले आफ्नो मोबाइलमा इटेराज मोबाइल एप्लिकेशन अनिवार्य डाउनलोड गरेर राखेको हुनुपर्छ।

कतार प्रवेश गर्नुअघि सबै यात्रुहरुले कतारको जनस्वास्थ्य मन्त्रालयको वेबसाइट वा सम्बन्धित एअरलाइन्सको अनलाइन बुकिङ फारममा उपलब्ध हुने प्रतिबद्धता पत्रमा आफ्नो विवरण भरेर हस्ताक्षर गरि यात्राको अवधिमा साथमा बोक्नुपर्ने हुन्छ । फारम भर्नलाई योे लिंकमा क्लिक गरेर पनि पाउन सकिन्छ।