मुम्बई:= यतिबेला भारतमा चलचित्रहरू हलमा प्रदर्शन मिति तोक्ने क्रम बढिरहेको छ । तर कतिपय चलचित्र ओटिटी प्लेटफर्ममै रिलिज भइरहेका छन् । यसैबीच अभिनेता विद्युत् जामवाल अभिनित चलचित्र ‘सनक’ले पनि ओटिटी प्लेटफर्म रोजेको छ ।
‘डिज्नी प्लस हटस्टार’ले इन्स्टाग्राम पेजमार्फत एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज डेटबारे जानकारी दिएको हो । साथै चलचित्र १५ अक्टोबर २०२१ मा ‘डिज्नी प्लस हटष्टार’मै रिलिज हुने उल्लेख गरिएको छ । चलचित्रलाई विपुल अमृतलाल शाह र जी स्टुडियोजले संयुक्त रूपमा निर्माण गर्नुभएको हो ।
चलचित्रमा विद्युत्का साथै अभिनेत्री रुक्मिणी मैत्रा, नेहा धुपिया र चन्दन राय सान्याललगायतको अभिनय रहेको छ । एक्सन र थ्रिलर फिल्म ‘सनक’लाई कनिष्क वर्माले निर्देशन गर्नुभएको छ । यसअघि विद्युत् जामवाल फिल्म‘खुदा हाफिज’मा देखिनु भएको थियो । जुन चलचित्र ‘डिज्नी प्लस हटष्टार’मा नै प्रदर्शन भएको थियो ।



















