काठमाडौं:= दक्षिण एसियाको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसीपको १३ औं संस्करण आजबाट माल्दिभ्समा सुरु हुँदैछ ।
मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्दा दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्नेछ ।
नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । साफको यो संस्करणमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
सहभागी सबै ५ टोलीले समुह चरणमा एक अर्कासँग खेल्नेछन्। लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् । नेपाली टिम पहिलो पटक साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको छ । नेपाल अहिलेसम्म साफको फाईनलमा पुग्न पनि सकेको छैन।
अलमुताइरीको प्रशिक्षणमा नेपालको नतिजा
नेपाल २ – ६ इराक – मैत्रीपूर्ण खेल
नेपाल २ – ० चाइनिज ताइपेई – विश्वकप छनोट
नेपाल ० – ३ जोर्डन – विश्वकप छनोट
नेपाल ० – ३ अस्ट्रेलिया – विश्वकप छनोट
नेपाल १ – १ भारत – मैत्रीपूर्ण खेल
नेपाल १– २ भारत – मैत्रीपूर्ण खेल
नेपाल २– ७ ओमान – मैत्रीपूर्ण खेल (फिफा आधिकारिक्ता नपाएको)



















