एजेन्सी := भारतीय अभिनेत्री नुसरत भरुच्चा बुसन फिल्म फेस्टिभलको ‘एसियन कन्टेन्ट अवार्ड’को नोमिनेसनमा पर्ने पहिलो भारतीय अभिनेत्री बन्नु भएको छ । उहाँ नेटफिल्क्सबाट हालै विश्वव्यापी रिलिज भएको सर्ट फिल्म ‘खिलाउना’को कारण नोमिनेसनमा पर्नुभएको हो । यो एन्थोलोजी फिल्म ‘अजीव डास्तान्स’भित्र रहेको चार सर्ट फिल्मभित्रको एक हो । राज मेहताको निर्देशन रहेको सो फिल्मका लागि उहाँले वाहवाही पनि पाउनुभएको हो।
अभिनयका कारण चर्चामा रहनु भएकी नुसरतको ‘एसियन कन्टेन्ट अवार्ड २०२१’को नोमिनेसनमा परेसँगै सफलताको ग्राफ अझै चुलिएको छ । एसियन कन्टेन्ट अवार्ड मौलिक कथालाई लिएर एसियाका प्रोफेसनल प्रतिभाहरूलाई लिएर उत्पादन गर्न प्रोत्साहन गर्ने कमिटमेन्ट हो । यो वर्षको विजेताको नाम छिट्टै घोषणा गरिनेछ ।



















