एजेन्सी := इंग्लिस क्लब टोटेनहम हटस्परले युरोपा कन्फ्रेन्स लिगमा सानदार जित दर्ता गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा टोटेनहमले स्लाभेनियाको एनएस मुरालाई ५–१ को फराकिलो गोलले पराजित गरेको हो ।
खेलको चौथो मिनेटमा डेल अलीको पेनाल्टी गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिएको थियो । आठौं मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे। ५२औं मिनेटमा जिगा कोअसले गोल गर्दै मुरालाई खेलमा फर्काउने संकेत गरे ।
तर, त्यसपछि सब्सिच्युट ह्यारी केनले २० मिनेटको अन्तरमा ह्याट्रिक पुरा गर्न सफल भए । उनले खेलको ६८औँ, ७७औँ र ८८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि टोटेनहमले ५–१को फराकिलो जित निकाल्यो । जितसँगै टोटेनहम समूह ‘जी’ मा दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा छ भने पराजित मुरा अंकविहीन हुँदै पुछारमा छ ।



















