नेता राजकुमार लेखीले पार्टीबाट दिए राजिनामा, अब तीन ठुला दलमध्य एकमा लाग्ने।

सप्तरी := महन्थ ठाकुर र राजेन्द्र महतो नेतृत्वको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी सदस्य नेता राजकुमार लेखीले पार्टीबाट राजीनामा दिएका छन्।

उनले लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोलाई बिहीबार बिहान राजीनामा पत्र बुझाएका हुन्।
लेखीले राजेन्द्र महतोलाई बुझाएको पत्रमा ‘म यस पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहिसकेकोमा अब नयाँ राजनीति यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु,’ लेखीको राजीनामा पत्रमा लेखिएको छ।

लेखीले आफू सक्रिय राजीनितमै रहिरहने र नेपालमा रहेका ठूला तीन ठुला दलहरुमध्ये एकमा आबद्ध हुने बताए।
उनले भने ‘म सक्रिय राजनीतिभन्दा टाँढा जादिनँ कांग्रेस, माओवादी वा एमालेमा आबद्ध होउँला। त्यसको लागि अबका दिनमा निरन्तर छलफल हुनेछन,’ उनले भने।

उनले पार्टी छोड्नुको कारण आफू ले सोचेजस्तो आफू आवद्ध पार्टीगत एकता नभएको र बैकल्पिक शक्ति बन्ने होडबाजीमा लागेको पार्टी अहिले आएर टुटेर फुटेर टुक्राटुक्रा भैई छत्ताछुल्ल भएर आपसमै मिल्न नसकेको अवस्थामा आफू यस्तो पार्टीमा बस्न नसक्ने बताउनुभयो।