अब सुभेक्षा अर्को चलचित्रमा।

काठमाडौं:= पूर्वमिस नेपाल सुभेक्षा खड्का फेरि चलचित्रमा देखिने हुनुभएको छ । २०७५ मा निर्माण भएको चलचित्र ‘रणवीर’बाट अभिनयमा डेब्यु गर्नुभएकी सुभेक्षा ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारीकै चलचित्र ‘प्रेमा’मा देखिने हुनुभएको हो।

केही सातादेखि छायांकन भइरहेको यस चलचित्रमा उहाँ शीर्ष भूमिकामा हुनुहुन्छ । चलचित्र आफ्ना लागि विशेष भएको सुभेक्षाले बताउनुभएको छ । दोस्रो चलचित्रका लागि आफूलाई सम्झिएकामा उहाँले निर्देशक भण्डारीलाई धन्यवादसमेत दिनुभएको छ।

यो फिल्म अगाडि निर्देशक भण्डारी रोज राणाको चलचित्र ‘खलनायक-२’ गर्ने तयारीमा हुनुहुन्थ्यो । ‘खलनायक २’को छायांकन ढिला भएपछि भण्डारीले ‘प्रेमा’ छायांकन सुरु गर्नुभएको हो । मिस नेपाल इन्टरनेसनल २०१२ र मिस युनिभर्सिटी नेपाल वल्र्ड २०१७ की विजेतासमेत रहनु भएकी सुभेक्षाले पहिलो चलचित्र ‘रणवीर’बाट भने सफलता हात पार्न सक्नुभएको थिएन।