कोकाकोलाको ‘धन्यवाद’

काठमाडौं:= कोकाकोलाले यसपालिको दशैँ अभियान ‘धन्यवाद’ शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको छ । यसको मुख्य आशय उक्त कठिन समयमा साथीका रूपमा सधैं सहयात्री रहेका व्यक्तिहरूलाई एउटा कोकको बोतलमार्फत् धन्यवाद प्रकट गर्नु भएको कम्पनीले जनाएको छ ।

कोकाकोलाले हाम्रा सहयात्री बनेका हरेक व्यक्तिलाई धन्यवाद प्रकट गर्न आठ नयाँ लेबल प्रस्तुत गरेको छ, जसमा आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी, साथी र सेवाकर्मी रहेका छन् । नियमित कोकका लेबललाई दशैँको पावन अवसरमा धन्यवाद लेखिएको लेबलले साटिएको छ, जसलाई कम्पनीले जीवनमा फरक पारेको समर्पणका रूपमा  लिइएको जनाएको छ ।

विगत पाँच वर्षदेखि कोकाकोलाले ग्लोबल ‘सेयर ए कोक’ अभियानअन्तर्गत इनोभेटिभ विषयवस्तु प्रस्तुत गर्दै आएको छ, जसलाई ‘मन खोलौं कोकसँग’ का रूपमा स्थानीयकरण गरिएको थियो । कम्पनीले बुधबार पत्रकार सम्मेलनमार्फत् धन्यवाद अभियानको औपचारिक शुभारम्भ गरेको हो ।

सोही अवसरमा अभिनेत्री स्वस्तिमा खड्कालाई कोकाकोलाको नयाँ ब्राण्ड एम्बेसडरका रूपमा घोषणा गरिएको थियो ।  कम्पनीले कोकाकोलाको दशैँ टिभिसीसमेत प्रस्तुत गरेको छ । कोकाकोलाका नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले भन्नुभयो, ‘कोकाकोलाले यसपालिको दशैँ चाड उपभोक्तालाई महामारीको समयमा उनीहरूलाई प्रोत्साहित र प्रेरित गर्नुभएका परिवारको सदस्य र साथीप्रति हार्दिक आभार व्यक्त गर्दै मनाउन प्रेरित गरेको छ ।

यसका साथै अग्रपंक्तिमा कार्यरतलाई सलाम गरेर हामीलाई अघि बढ्न मद्दत गर्नुहुने र विगत वर्षमा हाम्रो जीवनमा कुनै पनि बाधा आउन नदिन आशा दिनुहुने सम्पूर्ण सहयात्रीलाई कृतज्ञता प्रदान गर्दै हामी यसपालिको दशैँलाई रमाएर मनाउनेछौं ।’ सोही अवसरमा कम्पनीले कोरोनाविरुद्धका विभिन्न आठ फ्रन्ट लाइनरलाई सम्मान प्रदान गरेको थियो ।