[ भिम लुहार ]
क्वालालम्पुर (मलेसिया):= आफ्नै देशमा रोजगार नभएपछि बिदेश जानु पर्ने बाध्यता रहेको छ नेपालीहरुलाई । आफ्नो परिवारलाई खुशी राख्ने उदेश्य ले विभिन्न खाडी मुलुक र मलेसियामा काम गर्न पुगेका नेपाली हरुको विभिन्न कारणले ज्यान जाने गरेको छ । यस्तै मलेसियामा कार्यरत एक नेपाली श्रमिकको पनि मृत्यु भएको छ।
नेपाल ठेगाना ओखलढुङ्गा जिल्ला मोलूङ गाॅउपालीका-१ का तेज बहादुर खत्री को गत शनिबार करिब मलेशिया समय ११:०० बजे तिर मृत्यु भएको थियो। कम्पनीमा नियमित ड्युटीकै क्रममा काम गर्दागर्दै छात्ती दुख्यो भनेर होस्टेलमा छुट्टी गरी बसेका र केहि ज्यान लाई आराम भएको महसूस गरेपछि ऊनी पुनः काममा फर्किएका थिए।

केही समय काम गर्दागर्दै फेरी छात्ती दुख्यो भन्न थालेपछी कम्पनीले थप उपचारको लागी अस्पतालमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको सोही कम्पनीमा सँगै काम गर्ने नेपाली श्रमिक हरूले जानकरी दिए।
मृतक खत्री करिब ७ बर्ष देखि मलेसियाको मलाका राज्यको आलोर गाजाहमा अवस्थित जुलिएस म्यानुफ्याक्चरिङ एसडिएन बिएचडी ( JULIE’S MANUFACTURING SDN BHD ) नामक कम्पनीमा कार्यरत थिए।

मृतक खत्री यस् बर्षको दशैँ तिहार नजिकिँदै गर्दा घर फर्किने तयारीमा रहेको थिए। तर घर फर्किनु भन्दा पहिल्यै खत्रीको हृदयघात (Heart attack ) भएर मृत्यु भएको कम्पनी स्रोतले बताउनुभयो।
पोस्तमार्टम पश्चात् उनको मृत शरीरलाई नेपाल पठाउने तयारीमा रहेको र परिवार सँग पनि सम्पर्क भइसकेको कम्पनी स्रोतले बताउनुभयो। खत्रीको घरपरिवारमा ७८ वर्षीय बुवा , ७७ वर्षीय आमा, श्रिमती र दिदी एक र बहिनी एकजना रहेको उक्त कम्पनीमा कार्यरत नेपाली श्रमिक ढकमनी लम्सालले जानकारी दिनुभयो।




















