पिएसजीद्वारा सिटी २-० गोलले पराजित, मेस्सीले गरे नयाँ क्लबकालागि पहिलो गोल।

एजेन्सी := फुटबलका स्टार खेलाडी लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी) सँग अनुबन्ध भएपछि पहिलो पटक गोल गरेका छन्।

मेस्सीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’को दोस्रो चरको खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गर्दा पिएसजीका लागि पहिलो गोल हो। घरेलु मैदान पार्क डे प्रीन्सेसमा यो मेस्सीको पहिलो गोल हो। पिएसजीको जितमा मेस्सी र इड्रीशा गुयेले १/१ गोल गरे।

इड्रिसाले खेलको आठौं मिनेटमा गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए। ७४ मिनेटमा मेसीले पिएसजीको अग्रता दिलाए। केलियन एमबाप्पेको पासमा मेसीले गोल गरेका थिए। यसअघिका तीन खेलमा गोल गर्न नसकेका मेसीले पिएसजीका लागि पहिलो गोल गरेका हुन्। यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी आएका मेसीले सुरुवाती खेलमा गोल तथा एसिस्ट गर्न असफल भएका थिए।