‘धन्दागिरि’ को आइटम गीत युट्युबमा सार्वजनिक।

काठमाडौं:= अभिनेता सवीन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरि’ को आइटम गीत सार्वजनिक गरिएको छ । नरेन्द्र भट्टराइ (एन.बि.अञ्जान)को निर्देशनमा बनेको चलचित्र कोरोना महामारी र लक डाउनका कारण रिलिज रोकिएको थियो । सार्वजनिक आइटम गीत ‘बारुली बारुली’मा मिना निरौलाको स्वर छ । गीतमा शब्द नारायण नेपालको र संगीत सूर्य कमल राईको संगीत तथा सञ्जय हमालको एरेन्ज छ ।

अब चलचित्र दशैंको अवसर पारेर असोज २६ गते देशभर प्रदर्शनमा आउने भएको छ । चलचित्रमा सवीनसँगै छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, दीपक क्षेत्री, बिएस राणा, विपना बस्नेत, सुवाष गजुरेल, सुनिल कटुवाल, सविता रेग्मीलगायत कलाकारको अभिनय छ ।

दिनेश खड्का एसोसिएट निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता कुमारप्रसाद ओझा हुनुहुन्छ । कविभक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ चलचित्रका निर्माता हुन् । आर आर फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुनुहन्छ । चलचित्रको डिजिटल राइट्स डिएआर मुभिज एण्ड फिल्मस्ले लिएको छ । गीत डिएआर मुभिजको अफिसियल यु ट्युबबाट सार्वजनिक गरिएको छ ।