काठमाडौं:= गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को ‘ब्लाइन्ड अडिसन’को तयारी भइरहको छ । ६ देखि १४ वर्षका बालबालिकाको सहभागी रहने ‘द भ्वाइस किड्स’ हालै ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सम्पन्न गरेको हिमालय टिभीले नै ल्याएको हो ।
बालबालिकाकै गायन प्रतिभा निखार्ने उद्देश्यले उक्त शो सुरु गरेको हो । छिट्टै एक प्रेसमिट गरेर बुधबारबाट ‘ब्लाइन्ड अडिसन’ सुरु गर्ने योजना आफ्नो रहेको निर्देशक लक्ष्मण पौडेलले बताउनुभएको छ । शो प्रशारण भने एक महिना पछिबाट हुने पौडेलको भनाइ छ ।
यो शोका लागि चर कोच छानिनुभएको छ । जसमध्ये दुई राजु लामा र प्रमोद खरेल ‘द भ्वाइस अफ नेपाल’ कोच हुन् भने अन्य दुई कोचको रूपमा गायिकाद्वय मिलन नेवार र प्रविशा अधिकारी भित्रिनु भएको छ ।




















